'पोखरा त साँच्चिकैको पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ !'- प्रेम प्रकाश मल्ल

 'पोखरा त साँच्चिकैको पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ !'- प्रेमप्रकाश मल्ल

२०८०/१२/०४ गते पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको छ ! गण्डकी प्रदेशले पर्यटनको प्रचुर सम्भावना बोकेको छ ! यस पर्यटनलाई प्रष्फुटन गर्न सकेमा राजधानी घोषणा गरेको सार्थक हुनेछ ! 

यस प्रदेशमा पर्यटकहरु बिदा मनाउन, घरबास, सेमिनार, अनुसन्धान लगायतका काम विशेषका रुपमा आउन सक्छन् ! पर्यटकलाई अन्नपूर्ण, धवलागिरी, मनास्लु हिमाल, तिलिचो, फेवा, बेगनास, रूपा लगायतका तालतलैया, कालिगण्डकीको गल्छी, गुफा, रूपसे झरना, घोरेपानी जस्ता पर्यटकिय क्षेत्रले पर्यटकलाई आकर्षित गर्न सक्छ !

यस प्रदेशका धार्मिक गन्तव्य गोर्खा दरबार, विन्ध्यवासिनी, तालबाराही, देवघाट, बागलुङ कालिका, मौलाकालिका, मुक्तिनाथ क्षेत्रलाई संरक्षण गरि पर्यटन प्रवर्द्वन गर्न सकिन्छ ! अन्नपूर्ण बेसक्याम्प, पुनहिल, मर्दी हिमाल, पन्चासे, घान्द्रुक, सिक्लेस, जोमसोम जस्ता पदयात्रालाई व्यवस्थित गर्न आवस्यकता छ !

रूपाकोट, कास्कीकोट, मटृीखान, बन्दीपुर, अस्टेलियन क्याम्प, ठूलाकोट जस्ता हिल स्टेसनमा पर्यटकलाई पुर्याउन सकेमा पर्यटकिय यात्रा लम्बाउन सकिन्छ ! कालिगण्डकी, मस्याङ्दी, सेती, मोदी, त्रिशुलीमा लगायतका नदीमा र्या्फ्टिङ्ग गर्न सकिन्छ ! बिभिन्न खेलहरु गल्फ, फुटवल, बाटरबल, प्याराग्लाइडिङ्ग, अल्टालाइट, जिप लाइन, बन्जी जम्प, मह सिकार, ढोरपाटन सिकार लगायतका खेलबाट पर्यटकलाई आकर्षित गर्न सकिन्छ ! ग्रामीण पर्यटनमा सिरूबारी, घले, अमलाटारी, भुजुङ, ल्वाङ घलेल, सिक्लेस, घान्द्रुक, धम्पुस जस्ता ठाउँहरू पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ! 

यस्ता महत्वपूर्ण ठाउँहरू पर्यटकिय गन्तव्य बनाऊनका निम्ति पोखरा अन्तराष्ट्रीय विमानस्थल सुचारू ल्याउँन आवस्यकता छ ! कालिगण्डकी कोरिडोर सम्पन्न, पदयात्रा ब्यवस्थित, तालहरुको अतिक्रमण रोक्ने, नदीनाला सरसफाई, पोखरा लुम्बिनी द्रुत मार्ग, बिभिन्न पर्यटकिय गन्तव्य सम्म पर्यटक वाहन संचालन, पर्यटन बसपार्क, अन्तराष्ट्रीय सभाहल, चिडियाघर जस्ता पुर्वाधार निर्माण गर्न ढिलाई गर्न हुदैनँ !


Comments

Popular posts from this blog

कबिताको शीर्षक आफैं