कबिताको शीर्षक आफैं

नदी नाला पार गर्दा गर्दैं

आफैं पार लाएछु

अवास्तविकताको पर्दा भित्रैवाट

म आफै पार लाएछु

अब त म

धरातलको सतही फाँटमा हैन

वास्तविकताको गहिराईमा डुब्न लागें

कोरा कल्पनाको यात्रा छोडि

यथार्थको गन्तव्यमा कुद्न लागें

म त

यातनाका मिलनहरु सबैसँग रमें

केन्द्रविन्दु मुटुलाई यथार्थमा राखें

जिन्दगीलाई साँक्षी राखी

ओरालीवाट उकाली तर्फ सरें

बल्ल बुझें

कल्पनाको सागरमा छैन

र छ यथार्थ जिन्दगी

त्यसैले त राखिसकें जीवनलाई

वास्तविकताको वन्दगी

Comments

Popular posts from this blog

'पोखरा त साँच्चिकैको पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ !'- प्रेम प्रकाश मल्ल