Posts

Showing posts from March, 2024

'पोखरा त साँच्चिकैको पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ !'- प्रेम प्रकाश मल्ल

 'पोखरा त साँच्चिकैको पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ !'- प्रेमप्रकाश मल्ल २०८०/१२/०४ गते पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको छ ! गण्डकी प्रदेशले पर्यटनको प्रचुर सम्भावना बोकेको छ ! यस पर्यटनलाई प्रष्फुटन गर्न सकेमा राजधानी घोषणा गरेको सार्थक हुनेछ !  यस प्रदेशमा पर्यटकहरु बिदा मनाउन, घरबास, सेमिनार, अनुसन्धान लगायतका काम विशेषका रुपमा आउन सक्छन् ! पर्यटकलाई अन्नपूर्ण, धवलागिरी, मनास्लु हिमाल, तिलिचो, फेवा, बेगनास, रूपा लगायतका तालतलैया, कालिगण्डकीको गल्छी, गुफा, रूपसे झरना, घोरेपानी जस्ता पर्यटकिय क्षेत्रले पर्यटकलाई आकर्षित गर्न सक्छ ! यस प्रदेशका धार्मिक गन्तव्य गोर्खा दरबार, विन्ध्यवासिनी, तालबाराही, देवघाट, बागलुङ कालिका, मौलाकालिका, मुक्तिनाथ क्षेत्रलाई संरक्षण गरि पर्यटन प्रवर्द्वन गर्न सकिन्छ ! अन्नपूर्ण बेसक्याम्प, पुनहिल, मर्दी हिमाल, पन्चासे, घान्द्रुक, सिक्लेस, जोमसोम जस्ता पदयात्रालाई व्यवस्थित गर्न आवस्यकता छ ! रूपाकोट, कास्कीकोट, मटृीखान, बन्दीपुर, अस्टेलियन क्याम्प, ठूलाकोट जस्ता हिल स्टेसनमा पर्यटकलाई पुर्याउन सकेमा पर्यटकिय यात्रा लम्बा...

कबिताको शीर्षक आफैं

नदी नाला पार गर्दा गर्दैं आफैं पार लाएछु अवास्तविकताको पर्दा भित्रैवाट म आफै पार लाएछु अब त म धरातलको सतही फाँटमा हैन वास्तविकताको गहिराईमा डुब्न लागें कोरा कल्पनाको यात्रा छोडि यथार्थको गन्तव्यमा कुद्न लागें म त यातनाका मिलनहरु सबैसँग रमें केन्द्रविन्दु मुटुलाई यथार्थमा राखें जिन्दगीलाई साँक्षी राखी ओरालीवाट उकाली तर्फ सरें बल्ल बुझें कल्पनाको सागरमा छैन र छ यथार्थ जिन्दगी त्यसैले त राखिसकें जीवनलाई वास्तविकताको वन्दगी